साउन २०, भक्तपुर । गए राति आज्ञात समुहले भक्तपुरको कमलबिनायक स्थित भत्केको पाटीमा रहेको इस्ट पोइन्ट स्कुलको बसमा आगजनी भएको छ ।
रातको समयमा रहस्यमय तरिकाले गरिएको उक्त आगजनीले गाडी क्षतीग्रस्त रुपमा रहेको छ । वा २ ख ९८२९ नं. को उक्त बसको भित्रीभाग पूर्ण रुपले क्षती भएको छ ।
कसले ? र किन आगजनी गरियो ? भन्ने खुल्न वाँकी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्