साउन २०, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म वर्षा जारी रहने बताउँदै सर्वसाधारणलाई सजक तथा सुरक्षित रहन आग्रह गरेको छ ।
मौसम विज्ञान विभागले आजदेखि तीन दिनसम्म मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै मंगलबारसम्मै पानी पर्ने जनाएको हो । आइतबार र सोमबार भारी वर्षा तथा मंगलबार मध्यमखालको वर्षा हुने अनुमान गरेको छ ।
आइतबार दिउँसोदेखि रातिसम्म पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । राति पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी सोमबार राति मध्य र पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना जनाएको छ ।
मंगलबार पूर्वी स्थानमा मध्यमखालको वर्षा हुने, दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने मौसम विज्ञान विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्