समाचार

हृदयघातका कारण पूर्वसभासद पंगेनीको मृत्यु



 साउन २०, स्याङ्जा । नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण मृत्यु भएको छ ।

स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६:०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएको थियो।  उनको  उपचारकै क्रममा ६:३० बजे  निधन भएको हो ।

नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बनेका  पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको हो ।

उनी २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा क्षेत्र नम्वर दुईबाट सभासदमा निर्वाचित भएका थिए ।