साउन २१, काठमाडौं । उपत्यकासहित देशका विभिन्न ठाउँमा दिनभर मौसम बदली हुने साथै मध्य र पश्चिमका अधिकांश ठाउँहरुमा अत्याधिक वर्षा हुने सम्भावना रहेको छ ।
आइतबार रातिदेखि लगातार पानी परिरहेको र आज दिनभरी नै उपत्यकासहित देशका धेरै ठाउँको मौसम यस्तै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षासँगै बाढी पहिरोको जोखिम बढेको छ । मध्य र पश्चिमी क्षेत्रका खोलानालामा बाढीको खतरा रहेकोले आसपासका मानिसलाई सुरक्षित रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । भोलिदेखि भने कम पानी पर्ने महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्