साउन २१, जाजरकोट । जाजरकोटको पहिरोमा परेर एकै घरका चार जनाको ज्यान गएको छ भने एक जनाको उद्दार गरिएको छ ।
जाजरकोट जिल्लाको भेरी नगरपालिका-३ ठाँटीबजारमा गएको पहिरोले तीर्थ बोहोरको घर पुरिँदा भाडामा बस्ने लालबहदुर लोहारकी श्रीमती सितली लोहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा ३ बच्चाको पनि मृत्यु भएको छ । पहिरोले पुरिएका लालबहादुरको भने उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको छ ।
प्रहरीका अनुसार पहिरोले पुरेको अर्को घरमा अहिले उद्दार थालिएको छ । त्यो घरका मानिस पनि पहिरोमा पुरिएको हुन सक्ने आशंका गरिएको छ । अन्य विवरण आउन वाँकी रहेको छ ।










प्रतिक्रिया दिनुहोस्