समाचार

भारतले हटायो गोलभेंडा निकासीमा लगाएको प्रतिबन्ध : किसानलाई राहत



साउन २२, पाँचथर। भारतद्वारा लगाईएको नेपाली गोलभेंडा निकासीमा प्रतिबन्ध हटेसँगै पूर्वी जिल्लाका कृषकलाई राहत भएको छ ।

नेपालबाट भारत निर्यात हुने सामग्रीको सूचीमा गोलभेंडा नरहेको भन्दै असार १४ देखि भारतले गोलभेंडा निर्यात हुन दिएको थिएन । पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुममा उत्पादित गोलभेंडा भारतीय बजारसम्म निकासी हुने गरेको छ ।

प्रदेश र संघीय सरकारको समन्वयमा वार्ता गरी गोलभेंडाको निकासी सहज बनाउन पहल भएसँगै सोमबारदेखि नेपाली गोलभेंडा भारत निकासी हुन थालेको व्यछ । पूर्वी पहाडी क्षेत्रमा उत्पादित गोलभेंडा भारतको सिलिगुडीसहित विभिन्न बजारसम्म निकासी हुने गरेकोमा भारतले प्रतिवन्ध लगाए पश्चात करोडौंको गोलभेडा कुहियाएर फाल्न वाध्य भएका थिए कृषकहरु ।

दुई पक्षिय छलफलपछि नेपालबाट निर्यात हुने वस्तुको सूचीमा गोलभेंडालाई समावेश गर्न प्रकृया थाल्ने सहमति भएको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले जानकारी दिए ।