मनोरञ्जन

बिहेपछि पनि फिल्म खेल्न छोड्दिन : आलिया भट्ट



साउन २२, एजेन्सी । बलिउड नायीका आलिया भट्ट बिहेपछि पनि फिल्म खेल्ने भएकी छिन ।

आलिया रणवीर कपुरसँग प्रेममा छिन् । उनले एक अन्तरवार्तामा भनेकी थिइन्, बिहे गर्न ३० वर्ष पुग्नैपर्छ भन्ने केही छैन । म चाँडै बिहे गर्न सक्छु ।

आलियाले आफ्नु  इन्टाग्राममा फ्यानहरुसँग कुरा गर्दागर्दै एक फ्यानले उनलाई सोधे, ‘बिहेपछि फिल्म खेल्न छाड्नुहुन्छ कि छाड्नुहुन्न ?’

आलियाले भनिन ‘किन छाड्ने ? बिहेपछि सबैथोक छाड्नुपर्छ भन्ने के छ ? म त पाएसम्म फिल्म खेलिरहने हो ।’

आलिया र रणवीर अहिले करण जौहरको फिल्म ‘ब्रम्हास्त्र’ मा अभिनय गरिरहेका छन् ।