समाचार

दोस्रो पटक कोरिया जानका लागि भाषा परीक्षा भदौमा



साउन २४,  काठमाडौं ।  दोस्रो पटक  कोरिया जान चाहनेका लागि भाषा परीक्षा भदौ ८ गते हुने भएको छ ।

रोजगार अनुमति प्रणाली (इपिएस) प्रणाली अन्तर्गत कोरियाबाट काम गरी फर्केका कामदारका लागि फेरि जान लिइने भाषा परीक्षाको मिति तोकिएको हो ।  इपिएस कोरिया शाखाले आगामी भदौ ८ गते कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा सञ्चालन गर्ने भएको छ  ।

शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गएको वैशाख १७ गते सञ्चालन गरेको थियो ।