समाचार

प्रभु ग्रुपले ‘प्रभु पे’ डिजिटल वालेट सुरु गर्यो



साउन २४, काठमाडौं । प्रभु ग्रुपले  ‘वालेट अब मोबाइल’मा  ‘प्रभु पे’ नामक डिजिटल वालेटको सुरुवात गरेको छ ।

 प्रभु पे डिजिटल वालेट आफ्नो मोबाइलमा डाउनलोड गरेपछि पैसासँग सम्बन्धित सम्पुर्ण कार्यहरु त्यसैबाट गर्न सकिन्छ ।

‘प्रभु पे’ले वित्तीय संस्थाको खाताबाट पैसा ट्रान्सफर, बिजुली, पानीको बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, मोबाइल रिचार्ज गर्न सहयोग पुर्याउने छ । यो एपबाट अनलाइन मात्रै नभई युनियन पे र इच् ऋयमभ स्क्यानमार्फत पनि पैसा तिर्न सकिन्छ । प्रभु पे ले नियमित ग्राहकलाई १० लाख रुपैयाँको दुर्घटना बीमाको सुविधा पनि दिएको छ ।

प्रभु ग्रुपमा बैक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टिभी, सूचना प्रविधि र व्यवस्थापन सम्बन्धी विभिन्न कम्पनीहरु रहेका छन् ।