Banner News

नेकपाको पाँच निर्णय : एक व्यक्ति एक पदलाई कायम अरु निर्णय हेर्नुहोस



साउन २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एक व्यक्ति एक पदलाई कायम राख्दै पदिय व्यवस्थापनलाई उच्च प्राथमिता दिएको छ ।

नेकपाको विहिवार वसेको केन्द्रिय सचिवालयको वैठकले गरेका निर्णयहरु :

१. संघ, प्रदेश र स्थानीय सरकारको कार्यकारी पदमा रहेका जनप्रतिनिधिहरुलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिने निर्णय भएको छ । जसअनुसार संघ र प्रदेशका मन्त्रीहरु, संसदीय दलका नेता, उपनेताहरु, प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापतिहरु, जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षले पार्टीको अध्यक्ष र सचिव हुन नपाउने,

२. प्रदेश र जिल्लास्तरको सांगठनिक एकीकरणको लागि सुझाव दिन गठित कार्यदलको समयसीमा साउन मसान्तसम्म थप गर्ने,

३. पार्टीको केन्द्रीय कार्यालय (मुख्यालय) धुम्बाराहीमा र जनसंगठन तथा विभागहरुको कार्यालय पेरिसडाँडामा रहने निर्णय भएको छ ।

४. पार्टीलाई व्यवस्थित रुपमा संचालन गर्न विनियम, निर्देशिका, आचार-संहिता निर्माणको लागि सुबासचन्द्र नेम्बाङ्ग, भिम रावल, हरिबोल गजुरेल, पम्फा भुषाल, जनार्दन शर्मा र बेदुराम भुषाल सदस्य रहेको कार्यदल निर्माण,

५. साउन मसान्तभित्र पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने निर्णय भएको छ ।