समाचार

छानो भत्किँदा एक बालिकाको मृत्यु : दुई जना घाइते



साउन २५, नुवाकोट । घरको छाना भत्किएर ढुंगाले लाग्दा ६ वर्षकी बालिकाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

बिहीबार राति ककनी गाउँपालिका–७, चतुरालेमा उक्त घटना हुँदा विशाल दर्जीको ६ वर्षकी छोरी सरुको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दर्जीको श्रीमती कोपिला र जेठी छोरी ८ वर्षकी सलिना भने घाइते भएका छन् ।