समाचार

आज बेलुकादेखि तीन दिन भारी वर्षा हुने : सावधान र पूर्व तयारीमा वस्न आग्रह



साउन २५, काठमाडौं । आज बेलुकीदेखि तीन दिनसम्म भारी वर्षा हुने मौसमविद्ले अनुमान गरेसँगै नदी आसपासका वासिन्दालाई सावधानी तथा पूर्व तयारीमा वस्न मौसम विभाग पूर्वानुमहाशाखाले सचेत गराएको छ ।

नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै पुग्ने भएकाले बेलुकीदेखि ठूलो पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यसकै प्रभावले अहिले देशभरी कै मौसम बदली भई केहि ठाउँमा पानी परिरहेको जनाएका छन् ।

आज साँझदेखी आइतवारसम्म पानी पर्ने सम्भावना रहको विभागले जनाएको छ । आज देशभरीकै मौसम सामान्यतया बदली भइ धेरै ठाउँमा पानी पर्ने अनुमान छ । पश्चिमको एकदुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने मौसमविद् श्रेष्ठले बताए ।