साउन २५, चितवन । भरतपुर महानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशन गरी सार्वजनीक नीजि साझेदारी सम्बन्धी ऐन सहित अत्यावश्यक पाँच ऐन कार्यान्वयनमा ल्याउने भएको छ ।
नयाँ ऐनबाट नीजि क्षेत्रसँग सहकार्य गरेर काम गर्न, महानगरलाई कानून बनाउन, सहकारी र शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन सहज हुने बताइएको छ ।
महानगरपालिका न्यायायिक समिति कार्यविधिसम्बन्धी ऐन, २०७५ प्रकाशनको तयारीमा छ । यसमा न्यायायिक समितिलाई दिइएको अधिकार र प्रयोग गर्ने कार्यविधि उल्लेख छ । मुद्दा कसरी लिने, कति दिनको म्याद तामेल गर्ने, मिलापत्रको ढाँचालगायत कुरा सो ऐनमा समावेश छ । यस्तै प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ मा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम निर्माण गरिएको छ । पाँचवटै ऐन परिषद्बारा पारित भई प्रकाशनको तयारीमा छ ।
त्यस्तै महानगरले यसअघि आर्थिक, आयव्यय विवरण र राजश्व ऐन प्रमाणीकरण गरी साउन १ गतेदेखि कार्यान्वयनमा ल्याइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्