साउन २५, काठमाडौँ । चार दिनदेखि स्थिर रहेको सुनको मूल्य आज शुक्रबार भने एक सय रुपैयाँले बढेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला मूल्य ५६ हजार दुई सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बिहीबार तेजावी सुन पनि १०० ले बढेर प्रतितोला मूल्य ५५ हजार ९०० रुपैयाँमा पुगेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ
प्रतिक्रिया दिनुहोस्