साउन २५, काठमाडौ । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले लागूऔषध गाँजा बिक्री गर्दै गरेको शान्तिनगरबाट सरोज लामालाई पक्राउ गरेको छ ।
लामाले उनका सेवाग्राही बानेश्वर होस्टलहरुमा बस्ने विद्यार्थीदेखि कलेजमा पढ्नेसम्म भएको बयान दिए । ‘फोन गरेर कति चाहिएको छ जानकारी गराउँछन् । त्यसपछि पशुपति गएर किनेर ल्याउँछु’, लामाले भनेका छन्, ‘त्यसपछि प्याक गरेर उनीहरुको जिम्मा लगाउँछु ।
प्रहरी स्रोतका अनुसार काठमाडौंमा भित्रिने लागूऔषध सुन्दरीजल र साँखु क्षेत्रबाट आउँछ । हाल पक्राउ परेका लामामाथि प्रहरीले जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।
‘टोलटोलमा प्रहरी’ कार्यक्रममा होस्टलमा बस्नेहरुले गाँजाको प्रयोग गर्ने र होहल्ला गर्ने गुनासो आउने गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्