समाचार

इङ्ग्लिस प्रिमियर लिग : उदघाटन खेलमा म्यानचेस्टर युनाइटेडको विजयी



साउन २६ , काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलको म्यानचेस्टर युनाइटेडले विजयी सुरुआत गरेको छ ।

शनिबार राति भएको उदघाटन खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–१ ले हराएको हो । पोग्बाले तेस्रो मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको खेल १–० मा सकिए पनि दोस्रो हाफको अन्तिम समयतिर युनाइटेडले अर्को एक गोल थप्यो । ८३ औं मिनेटमा ल्युक शोवले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । रुस विश्वकप फुटबलको उपाधि उचालेको फ्रान्सका पउल पोग्बा चार दिनअघि मात्रै युनाइटेडको प्रशिक्षणमा सहभागी भएका थिए ।