साउन २६, भक्तपुर । उठौ जागौ हनुमन्ते नदि सफा गर्न सबै लागौ भन्ने मुल नाराका साथ आयोजना गरिएको हनुमन्ते नदी सफाईको २४ औं हप्ता आज १६ टन फोहोर संकलन गरी व्यवस्थापन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा सा.सद महेश वस्नेतको विषेश पहलमा शुरु गरिएको उक्त अभियानमा आज नेपालको चर्चित हास्य कलाकार तथा टेलिभिजन कालाकर्मी मञ्चको अध्यक्ष दिपाश्री निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
अभियानका प्रमुख सल्लाहकार बस्नेत, सिराह जिल्लाका सरसफाइ दुत समाजिक अभियान्ता धिरेन्द्र शाहको बिशेष उपस्थितिमा संयोजक बासुदेव थापा, सह- संयोजकद्वय अन्जना देवि मधिकर्मी, जुना बस्नेत र अभियान्ता रुद्र पौडेल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जीवन बिज्ञान भक्तपुर, वेभ ग्रुप, नागरिक सामुदायिक शिक्षण अस्पताल, नेप्सेम्याक, नेपाल फुलबारी लगायत विभिन्न विद्यालय , कलेज, टोलसुधार समिती गरि २८ वटा सामाजिक सघसस्थाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा करिव ५५० जनाको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्