साउन २७, काठमाडौं । चर्चित गीतकार तथा समाजसेवी दिलीप योन्जन तामाङले गरिवी तथा अशिक्षाको अन्धकारलाई हटाई उज्यालो दियो वाल्ने क्रममा ५५ जना विद्यार्थीलाई पूर्ण छात्रवृक्ति प्रदान गरेका छन् ।
चार बर्षअघि १ जना अनाथ बालकलाई पढाउन शुरु गरेको अभियानमा उनले श्री जय भद्रकाली आधारभूत विद्यालयमा ५२ जना १ देखी १२ सम्म, १ जना नर्शिंग कलेज बिर अस्पताल र २ भर्खर पढ्न शुरु गरेका गरी नेपालमा ५५ जना बालबालिकाहरु उनको पूर्ण छात्रवृतिको सहयोगमा पढीरहेका छन् ।
स्वार्थको सामाजिक कदम भन्दा माथि रहि देश र जनताको निम्ती आफ्नो मातृत्व सम्झी दुखी र गरिव जनताको सेवामा समर्पित तामाङले अमेरीकामा वसी दुखले कमाएको केही रकमले नेपालमा सामाजिक क्षेत्रमा सहयोग गर्ने गरेका छन् । दुःखीलाई सेवा गर्नु आफ्नो जीवनको सवैभन्दा ठूलो कर्म रहेको बताउने तामाङले अमेरीकामा वसी विभिन्न संघ संस्थामा कार्यरत रहेका छन् ।
नेपाल आएको समयमा उनले आफुले पूर्ण छात्रवृति दिएर पढाएको बालबालिकाहरुलाई भेटेर फ्रुटी, बिस्कुट र खाजा खुवाउनुका साथै उनीहरुको शिक्षाको बारेमा सम्वन्धित स्कुलका शिक्षकहरुसँग जानकारी लिएका थिए । ती बालबालिकाहरुको अपार माया, स्कुलका शिक्षकहरुको सद्भाबले आउदा दिनमा थप समाज सेवा गर्ने आफुलाई हौसला मिलेको तामाङले बताए ।
समाजसेवी तथा गितकार तामाङले अभियानमा अमुल्य समय र निस्वार्थ सहयोग गर्ने समाजसेबी साहित्यकार श्रीमती बिना थिङ्ग तामांगलाई अन्तर आत्माबाट आभार व्यक्त गर्दै भविष्यमा यो अभियान जारी राख्ने बताए ।
समाज क्षेत्रमा मात्र नभई कलाकारीता क्षेत्रमा आफ्नो कलम चलाउने गितकार तामाङले दर्जनौं चर्चित गितहरुमा शब्द तथा रचना गरि आफ्नो अव्वलता प्रस्तुत गरी ख्याती कमाइसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्