समाचार

कर्णाली स्वास्थ्य प्रतिष्ठान घटनाको छानबिन गर्न कार्यदल गठन



साउन २७, सुर्खेत । कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा उक्त कार्यदल गठन गरिएको हो । कार्यदलमा सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृर्षबहादुर शाही र आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की सदस्य रहेका छन् ।

कार्यदलले एक हप्ताभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यादेश दिइएको छ ।