Banner News

निर्माण कम्पनी कारवाही, समयमा निर्माण सम्पन्न नभए ठेक्का रद्ध : मन्त्री महासेठ



साउन २८, विराटनगर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले हालसम्म सरकाले देशभरका डेढसयभन्दा वढी निर्माणमा ढिलाई गर्ने कम्पनीलाई कारवाही गरेको साथै समयसिमाभित्र काम नसके ठेक्का रद्ध गर्ने वताएका छन् ।

विराटनगरमा सोमबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री महासेठले सर्वोच्च अदालतका कारण सडकलगायत भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएको बताए ।

मन्त्री महासेठले सडक निर्माणका क्रममा ठेकेदार कम्पनीहरुले गरेको ढिलाइ जस्ता कार्यलाई अन्त्य गर्न सरकार लागिपरेको बताउँदै निर्माणमा ढिलाई गर्ने निर्माण कम्पनीलाई कारबाही गरेका र केहीलाई अन्तिम चेतावनी दिएको बताए ।

मन्त्री महासेठले काठमाडौं उपत्यकाभित्र भदौ १२ भित्र सबै सडक निमार्ण सम्पन्न हुने बताउँदै भने उपत्यकाबाहिर पनि निर्माण भइरहेका सडकबाहेकका सडकलाई सुधार गर्नेछौं, बरु सम्मानित अदालतको निर्णयका कारण केही ढिलो भएको छ ।