समाचार

राष्ट्रियसभामा चार विधेयक पेश सूचिसहित)



साउन २८, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विषयका चार विधेयक पेश भएको छ ।

पेश भएका विधेयकहरु

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले प्रस्तुत गरेकी हुन् ।

मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेका थिए ।

वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेका हुन् ।