Banner News

नेपालकाे गणतन्त्र स्थापनामा भारतकाे महत्वपूर्ण योगदान : सभामुख महरा



साउन २९, काठमाडाैं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले महत्वपूर्ण योगदान दिएको बताएका  छन  ।

मित्र राष्ट्र भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा  मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख महराले नेपाल र भारतीय जनताबीचको सम्बन्धलाई अझै आत्मीय बनाउनुपर्नेमा  जोड दिए ।

तेसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परिवर्तित सन्दर्भ अनुसार नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनुपर्नेबताए ।

उनले  नेपाली जनताले भारतबाट सहयोगको धेरै अपेक्षा गरेको भन्दै त्यसमा ध्यान दिन पनि दुवै मुलुक सक्षम हुने विश्वास  समेत व्यक्त गरेका छन् ।