राजनीति

अभियोग दर्ता : विप्लव सहित ७ जनालाई पक्राउ गर्न अदालतको पूर्जी



साउन ३०, कालिकोट । जिल्ला प्रहरी कार्यालय कालिकोटले नेत्रविक्रम चन्द विप्लव सहितका ७ जना नेताविरुद्ध संगठित अपराध तथा विस्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा चलाएसँग उनीहरुलाई पक्राउ पुर्जी जारी गरेको छ ।

मुद्दामा नेकपा महासचिव विप्लव, पोलिटब्यूरो सदस्य तथा कर्णाली ब्यूरो इन्चार्ज एटम बिसी, पोलिटब्यूरो सदस्य भरतबहादुर बम रणवीर, केन्द्रीय सदस्य धीरेन्द्र उपाध्याय भृकुटी, जिल्ला सेक्रेटरी लोकजंग शाही समर, महिला नेतृ शान्ति विक क्रान्ति रहेका छन् ।

नेकपा विप्लप समुहले हिजो गरेको बन्दका क्रममा कर्णाली राजमार्गको कालेखोला र सदरमुकाम मान्मको मालपोत र नापी कार्यालयको हातामा बम बिस्फोट गराएपछि जिल्ला अदालत कालिकोटमा जिल्ला प्रहरी कार्यालय कालिकोटले अभियोग दर्ता गरेको डीएसपी विनोद शर्माले जानकारी दिएका छन् ।

कर्णाली राजमार्गको कालेखोलामा विस्फोटमा संलग्न शान्नित्रिवेणी गाउँपालिका मुम्राका कासे दर्जीलाई पक्राउ गरिएको छ । उनले दिएको बयानका आधारमा नेकपाका ७ नेताविरुद्ध मुद्दा दर्ता गरिएको हो ।