साउन ३०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की प्रभावशाली नेतृ तथा सांसद मनाकुमारी जिसीले सुरक्षित मातृत्वको सन्दर्भमा अन्तराष्ट्रिय रुपमा धेरै राम्रो काम गरेको भन्दै धेरै अवार्डहरु प्राप्त भए पनि दुरदराजका नेपाली दिदी वहिनीहरुले धेरै समस्या भोगीरहनु परेको तितो यथार्थ रहेको बताएकि छिन् ।
संघिय संसदमा आज सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य विधेयक माथिको छलफल कार्यक्रममा वोल्दै सांसद जिसीले कानुनलाई प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारलाई अनुगमन तथा मुल्याङ्ककनको लागि निर्देशनमुखी बाटोवाट अघि वढ्नुपर्ने बताएकि छिन् ।
अधिकाशं पहाडी जिल्लाहरुमा सुरक्षित मातृत्वको वारेमा विकराल समस्या रहेको बताउँदै शिशुको जन्मदर्ता कारण नखुलाई आमाले भनेको आधारमा जन्मदर्ता प्रक्रिया अधि वढाउनु पर्ने धारणा व्यक्त गरिन् । सांसद जिसीले संविधानमा सुत्केरी विदाको, पोषणको ग्यारेन्टी भएता पनि आमालाई दुध खुवाउने समयको व्यवस्था भइदिए अझै उत्तम हुने बताएकि छिन् ।
यातायात तथा जनचेतनाको कमिका कारण लाखौं नेपाली चेलीहरुले दुःख पाइरहेको वताउँदै आगामि दिनमा यस प्रकारका समस्या समाधान गर्ने गरी परिवर्तनशिल ढंगले विधेयक आएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई धन्यवाद समेत व्यक्त गरेकी छिन् ।
सांसद जिसीले वाग्लुङ सिगानाकी ३५ वर्षिया सरस्वती जिसी सुत्केरी व्यथा लागि छटपटाउँदै धेरै ठाउँमा डुल्दा डुल्दा सुत्केरी गराउन म्याग्दीमा पुगी सुत्केरी गराउँदा आमा र वच्चा दुवैको ज्यान जोगिएको भन्दै उपचारमा संलग्न पर्वतका डा. हेमा छत्याललाई विशेष सम्मान तथा धन्यवाद व्यक्त गरिन् ।










प्रतिक्रिया दिनुहोस्