साउन ३१, काठमाडौँ । बिहिबार बिहान भएको खेलमा सन्दीपको टिम प्याट्रियट्स जमैका तल्वाहाससँग ४७ रनले पराजित भयो ।
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिए तर उनको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले भने क्यारेबियन प्रिमियर लिगमा दोस्रो हार भोगेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १७८ रन जोडेको थियो । जमैकाका लागि रोस टेलरले अविजित ५१ रन जोड्दा केन्नर लेविस ४९ रन जोडे ।
जमैकाले दिएको १७९ रनको लक्ष्य पक्ष्याएको प्याट्रियट्सले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो । प्याट्रियट्सका कप्तान क्रिस गेलले २४ तथा मोहमद महमुदउल्लाहले २२ रन जोडे । सन्दीप लामिछाने २ रनमा अविजित रहे । जमैकाका इमाद विसम, क्रिश्मार सन्टोकी र एडम जाम्पाले २र२ विकेट लिए ।










प्रतिक्रिया दिनुहोस्