साउन ३१, कास्की । प्रदेश सरकारले पोखराको फेवातालमा रत्नमन्दिर र हिमागृह सर्वसाधारणको लागि खुल्ला गर्ने तयारी गरेको छ ।
एक सय ११ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिर र १० रोपनी ४ आनामा फैलिएको हिमागृहलाई केन्द्रीय सरकारसँग छलफल गरी पर्यटकका लागि खुल्ला गर्ने तयारी भैरहेको छ । उक्त रत्नमन्दिरलाई संग्राहालय बनाएर पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने तयारी गरिएको हो ।
रत्नमन्दिर पूर्व राजपरिवारका सदस्यहरु पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो ।










प्रतिक्रिया दिनुहोस्