साउन ३१, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले सरकारले हावादारी कुरा गरेकाले समृद्धिको सपना पूरा नहुने ठोकुवासमेत गरेका छन् ।
नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार आयोजना गरेको समसामयिक अर्थ राजनीतिको समीक्षा विषयक कार्यक्रममा बोल्दै नेता महतले लगानीका लागि सरकारले निजी क्षेत्रलाई आकर्षित गर्नुपर्नेमा उल्टै निरत्साहित गरेको आरोप लगाएका छन् । उनले सरकारले आर्थिक समृद्धिको लागि आवश्यक वातावरण बनाउन नसकेको बताए ।
निजी क्षेत्रलाई निरुत्साहित गरेर समृद्धि हासिल हुन नसक्ने भन्दै नेता महतले केन्द्र, प्रदेश तथा स्थानीय सरकारले करको दायरा वढाएका कारण निजी क्षेत्रको अकर्षण घट्दै जाने दावी गरे ।










प्रतिक्रिया दिनुहोस्