मनोरञ्जन

फ्राईडे रिलिज अन्तर्गत : ‘जय शम्भु’ सहित चार फिल्म आमनेसामने



भदौ १, काठमाडौँ ।  फ्राईडे रिलिज अन्तर्गत हलमा  आजबाट  चार फिल्म पर्दशन भैरहेको छ ।

विशारद बस्नेत निर्देशित ‘मिस्टर भर्जिन’, प्रदिप श्रेष्ठको ‘ब्ल्याक’, रुपेश तामाङ निर्देशित ‘जय शम्भु’ र लय संग्रौलाको ‘१२ मासे’ले हलमा व्यापारिक प्रतिस्पर्धा गर्न थालेको छ  ।

‘मिस्टर भर्जिन’

तीन भर्जिन युवाको एक रातको कथा बोल्ने ‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्मले सेन्सर बोर्डबाट ुएडल्ट सर्टिफिकेटु पाएको छ ।

‘ब्ल्याक’

अभिनेत्री आँचल शर्मा र  आकाश श्रेष्ठ रहेको फिल्म  ‘ब्ल्याक’ मा यी दुईको प्रेममा आउने उतारचढावको कथा वाचन गरेको छ । फिल्ममा  आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्यको लगायतका कलाकारहरुको अभिनय रहेको  छ ।

‘जय शम्भु’

भिनेता द्वय प्रशान्त ताम्राकार र अनुप विक्रम शाहीको यसमा प्रमुख भूमिका रहेको फिल्म ‘जय शम्भु’ मार्फत् पहिलो पटक दुई ह्याण्डसम भिलेन पर्दामा देखिएका छन् । फिल्ममा अभिनेत्री वर्षा सिवाकोटीका लागि दुई अभिनेताबीचको द्वन्द्व देख्न सकिन्छ ।

‘१२ मासे’

जयकिशन बस्नेत प्रमुख भूमिका रहेको कमेडी फिल्म ‘१२ मासे’  बिना प्रचार रिलिज भएको यसले जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको छ ।फिल्ममा  प्रदीप पाठक, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापालगायतका कलाकारहरुको अभिनय रहेको छ ।