भदौ २, काठमाडौं । नेपाल विद्यार्थी संघको विवाद उत्कर्षमा पुग्दै महाधिवेशन गर्न तीन महिनाको म्याद थप भएको छ ।
दुई वर्षे कार्यकाल शनिबार सकिएसँगै संस्थापन र समानान्तर गतिविधि गर्दै आएका कुन्दन काफ्ले समूहबीच आगामी तीन महिनाभित्र महाधिवेशन गर्ने समझदारी भएको छ । समझदारीसँगै सहमहामन्त्री डा। प्रकाश शरण महत संयोजक रहेको निर्देशक समितिले तीन महिना नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्न सहमति दिएको छ ।
निर्देशक समितिले आगामी तीन महिनाभित्र १२औँ महाधिवेशन गर्ने कार्ययोजना पेस गर्न गत साउन तेस्रो साता निर्देशन दिएको थियो । सोहि अनुसार नेविसंघको संस्थापन र असन्तुष्ट समूहले तीन महिनाभित्र महाधिवेशन गर्न सहमति जनाउँदै समितिमा कार्यायोजना पेश गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्