महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत भारतीय भूभागमा पर्ने नहरको निर्माण प्रक्रिया सुरु हुने भएको छ । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।
टनकपुर ब्यारेजदेखि नेपाल-भारत सीमासम्म १२ सय मिटर मूल नहर निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको हो ।
भारतको नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी) ले उक्त नहर निर्माणका लागि १८ महिनामा काम गर्ने लक्ष्यका साथ टेन्डर आह्वान गरेको छ ।
भारतीय भूभागमा नहर निर्माण नहुँदा आयोजना नै अन्यौलमा रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्