राजनीति

कांग्रेसको निर्णय : आफुले जितेका स्थानिय तहमा कर घटाउने



भदौ ३, काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेसले जनतालाई मध्यनजर गर्दै आफुले जितेका स्थानीय तहमा कुनै पनि प्रकारका कर नवढाउने र यदि पहिले वढाईको भए तत्काल घटाउने निर्णाय गरेको छ ।

कांग्रेसले अनौपचारिक सकुर्लर जारी गर्दै स्थानीय तहले मनपरी रुपमा कर उठाएको वारेमा व्यापक विरोध भइरहेको समयमा सो विषयमा छलफल गर्न कांग्रेसले आफूले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई करका विषयमा गम्भीर बन्दै कर नवढाउन तथा वढाईएको भए तत्काल घटउन निर्देशन दिएको छ ।

कांग्रेसले भदौ दोस्रो साता स्थानीय तहमा विजयी कांग्रेसका मेयरको भेला काठमाडौंमा आयोजनाको गृहकार्य भइरहेको एक नेताले बताए । भदौ १२, १३ र १४ गते काठमाडौंमा नगरपालिका महासंघको भेला हुन लागेको मौका छोपेर कांग्रेसले आफ्नो पार्टीबाट विजयी मेयरसँग छलफल गर्ने तयारी गरेको छ ।