राजनीति

थाह नै नपाई विभूषण खोसियो : प्रमुख निर्वाचन आयुक्त यादव



भदौ ५ , काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई दिएको प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण सरकारले खोसेको छ ।

 १४ साउन २०७५ मा बसेको मन्त्रिपरिषद् बैठकले विभूषण पाउनेहरुको नाम र क्रम संशोधन गरेको छ । आफ्नो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि गृह मन्त्रालयले २९ साउनमा विभूषण पाउनेहरुको सूची सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्तको नामभने यस  सूचीमा  छैन ।

प्रसिद्ध प्रवल जनसेवाश्री पाउनेहरुमा ७ जनाको मात्र नाम छ । घोषणा हुँदा नाम भएको तर, अहिले काटिएकोबारे आफूलाई कुनै जानकारी नभएको यादवले बताएका छन  ।