रोचक

अभिनेता टोरेसले गरे रुखसँग १७ औं विवाह !



भदौ ५, एजेन्सी । पेरुका अभिनेता रिचर्ड टोरेसले रुखसँग १७ औं विवाह गरेका छन् ।

डोमिनिकन रिपब्लीकको राजधानी सेन्टो डोमिगोमा जथाभावी रुपमा रुख कटानीकाविरुद्ध सबैको ध्यान खिच्नका लागि रुखसँग विवाह गरेका हुन्  ।

टोरेसले रुखमा औंठी राख्दै त्यहाँ उपस्थित एकजना व्यक्ति, जो न्यायधिशको भूमिकामा थिए, उनलाई आफूलाई विवाह गर्न स्वकार छ भन्दै विवाह सम्पन्न गरेका थिए ।

उनको यो १७ औं विवाह हो । यसअघि उनले कोलम्बो, अर्जेन्टिना, मेक्सिको, चिली, क्यूवालगायतका कयौं देशमा रुखसँग विवाह गरिसकेका छन् ।