समाचार

दाङमा ६० किलो चरेशसहित ५ जना पक्राउ



भदौ ५, काठमाडौं । दाङमा  ६० किलो लागूऔषध चरेशसहित ५ जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा प्रेमबहादुर घर्तीमगर, डिल्लीराज चन्द, सपना पुन मगर, रुपा धर्ती र ध्रुव जंगल बुढा छन् ।

 जिल्ला प्रहरी कार्यालय दाङले विशेष सुराकीका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले घर्ती र चन्दले बोकेको प्लाष्टिकको बोराबाट १० किलो चरेश बरामद भएको हो भने उनीहरुबाट प्राप्त सूचना फलो गर्ने क्रममा अन्य ३ जना पनि पक्राउ परेका थिए ।

उनीहरुमाथि लागूऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ  ।