भदौ ५ काठमाडौं । नेकपा को प्रदेश एकीकरण कार्यदलहरुले जिल्ला कमिटी बाँडफाटसँगै अध्यक्ष र सचिवको नामसहित एकीकृत कमिटी सिफारिस वगरिएको छ।
प्रदेश ७ को अध्यक्षमा कर्णबहादुर थापा र सचिव लक्ष्मी जोशी सर्वसम्मत भएका छन् । थापा पूर्व एमाले र जोशी पूर्वमाओवादी हुन् । त्यस्तै प्रदेश ५ को अध्यक्षमा पूर्वएमालेबाट दलबहादुर राना मगर र पूर्व माओवादीबाट गणेशमान पुन मगर सिफारिस भएका छन् ।
त्यसरी नै प्रदेश ३ को कार्यदलले सो प्रदेश अन्तर्गतका १७ जिल्ला कमिटीको बाँडफाट र नेतृत्व सिफारिस टुंगो लगाएको छ । स्रोतका अनुसार १७ मध्य पूर्वएमालेले १२ जिल्लामा अध्यक्ष र ५ जिल्लामा सचिवसहित बहुमत सदस्य पाएको छ ।
पूर्वमाओवादीले ५ जिल्ला कमिटी अध्यक्ष र बाँकीमा सचिव पाएको छ । पूर्वएमालेले अध्यक्ष पाएकामध्ये काठमाडौंमा रामशरण ढुंगाना, ललितपुरमा हरिकृष्ण ब्यन्जनकार र भक्तपुरमा वचन देउजा छन् ।
त्यस्तै धादिङमा नेत्रराज पौडेल, रसुवामा कर्न्याल लामा, मकवानपुरमा बद्री लम्साल, सिन्धुपाल्चोकमा झम्क नेपाल र दोलखामा भीम दाहाल अध्यक्ष सिफारिस भएका छन् । एमालेले पाएको उद्यमी व्यावसायिक जिल्ला कमिटी अध्यक्षमा चित्रगुप्त साँवा र पेशागत जिल्ला कमिटी अध्यक्षमा प्रेम पराजुली सिफारिस भएका छन् ।
एमालेले सचिव पाएका जिल्लामध्ये रामेछापमा आनन्द श्रेष्ठ, सिन्धुलीमा सूर्य पाख्रिन, चितवनमा तेजेन्द्र खड्का, नुवाकोटमा बुद्धि प्रधान, युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा महेश बर्तौला र मजदुर जिल्ला कमिटीमा विदुर कार्की सिफारिस भएका छन् ।
त्यस्तै माओवादीले अध्यक्ष पाएका जिल्ला कमिटीमध्ये रामेछापमा डिल्लीमान तामाङ, सिन्धुलीमा रामकुमार पौडेल, काभ्रेमा सूर्यमान दोङ, नुवाकोटमा पुष्प लामिछाने, चितवनमा यमबहादुर परियार टुंगिन बाँकीयुवा विद्यार्थी विशेषमा रमेश मल्ल र मजदुर जिल्ला कमिटी अध्यक्षमा गणेश रेग्मी सिफारिस भएका छन् ।










प्रतिक्रिया दिनुहोस्