मनोरञ्जन

प्र‍ियंका र निकको इन्गेजमेन्ट केकमा २४ ‘क्यारेट’ सुन



भदौ ६, एजेन्सी ।  बलिउड नायीका प्रियंका चोपडा र निक जोनसको इन्गेजमेन्ट केकमा २४ क्यारेट गोल्ड प्रयोग गरिएको छ ।

१८ अगस्टमा भएको  प्रियंका र निकको इन्गेजमेन्ट केकलाई मुम्बईको चर्चित पेस्ट्री शप टियर नोम पटिस्सेरीु बाट बनाइएको थियो । ३ स्टोरी केकको तौल १५ किलो थियो । केकलाई आकर्षक बनाउनका लागि २४ क्यारेट गोल्डको पत्ताबाट सजाइएको थियो ।

अहिले प्र‍ियंकाको इन्गेजमेन्ट केकको डिजाइन सोसल मिडियामा खुब भाइरल भएको छ ।  प्र‍ियंकाले न‍िक जोनसको जन्मदिनमा विवाहको डेट घोषणा गर्न सक्नेछिन् । न‍िकको ‘बर्थ डे’ १६ सेप्टेम्बरमा छ । प्रियंका आफ्ना प्रेमीभन्दा ११ वर्ष जेठी छन् । उनले १९ वर्षको उमेरमा मिस वल्डको उपाधि जित्दा निक ८ वर्षका थिए ।