भदौ ७, रुकुम । रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका – ९ नुवाकोटस्थित हिमालय जनता माविको विद्यार्थीमा अनौठो लक्षण देखिएपछि बिधालय बन्द गरिएको छ ।
कक्षा ६ र ७ मा अध्यनरत छात्राहरुमा बरबराउने, साथीलाई झम्टिने जस्ता अनौठो लक्षण देखिएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका जनाएको छ ।
अहिलेसम्म १२/१५ जना छात्रामा यस्तो समस्या देखिएको र नयाँ थपिने गरेका छन् भने अधिकांश पुरानै बिरामी दैनिक यस समस्याबाट पीडित भैरहेको विद्यालयले जनाएको छ ।
छात्राहरुमा यस्तो समस्या देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट डाक्टर टपेन्द्र कोइराला र अहेव इश्वर रावललाई विद्यालयमा पठाइएको छ ।










प्रतिक्रिया दिनुहोस्