समाचार

फेसबुकले डिलिट गरीदियो साढे ६ सय नक्कली अकाउन्ट



भदौ ७, एजेन्सी । भ्रामक राजनीतिक गतिविधिको आरोपमा फेसबुकले अकाउन्ट, ग्रुप तथा पेजहरु ‘डिलिट’ गरिदिएको छ ।

अनुचित गतिविधिमा संलग्न रहेका रुस र इरानसँग सम्बन्धित ६ सय ५२ वटा फेसबुक पेज, ग्रुप तथा अकाउन्टलाई हटाइएको फेसबुकले जनाएको छ ।

फेसबुक सीर्इओ मार्क जुकरबर्गका अनुसार मानिसमात्र नभएर केही देशहरु नै हरसम्भव तरिका लगाएर फेसबुकका सेवाहरुको दुरुपयोग गर्ने कोसिस गरिरहेको बताएका छन् ।

ट्वीटरले पनि यसअघि २ सय ८४ वटा अकाउन्ट बन्द गरेको जानकारी गराएको थियो ।