भदौ ७, काठमाडौं । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसकी प्रभावशालि नेतृ सुजता कोइरालाले वर्तमान दुई तिहाईको सरकार असफल भए नेपाली जनताले प्राप्त गरेको लोकतन्त्र नै असफल हुने बताएकि छिन् ।
संघय संसदमा आफ्नो धारणा प्रस्तुत गर्दै नेतृ कोइरालाले सहमति, सहकार्यका माध्यमबाट संघिय लोकतान्त्रीक गणतन्त्र ल्याउन सफल भएको जसमा संविधानत तीनै तहको निर्वाचन सम्पन्न भएको बताएकि छिन् ।
संसदिय व्यवस्थामा वहुमतको निर्णय अन्तिम हुने भन्दै अल्पमत प्रतिपक्षमा नै हुने भन्दै सरकारलाई सफल वनाउन प्रतिपक्षिदलले भरपुर साथ र सहयोग दिनुपर्ने बताएकि छिन् । दुइ तिहाईको सरकार सफल भएको हेर्न चाहेको भन्दै दुई तिहाईको सरकार भनेको देशमा रहेको अस्थिरतालाई स्थितरता ल्याउने र समाजको उन्नती गर्ने मुख्य दायित्व हुने बताइन् ।
सहकार्यको माध्यमबाट सरकार समृद्ध नेपाल निमार्ण गर्न सफल होस भन्ने काग्रेसको चाहना रहेको भन्दै सरकारलाई काग्रेको सहयोग पूर्ण रुपमा रहने बताइन् । राष्ट्रियता प्राप्त गर्नको लागि विकास आवश्यक हुने जसवाट समृद्ध नेपाल निर्माण हुने वताइन् ।
गरिव र धनि विचको खाडल अन्त्य गर्नु अहिलेको ठूलो चुनौति रहेको भन्दै सरकारले देश विकासको साथमा गरिव जनताको गास, वास, कपासको वारेमा ध्यान दिनुपर्ने बताइन् ।
नेपाल कृषिप्रदान देश भएकोले कृषिमा आधुनिकीकरण गर्नु पर्ने बताउँदै नदी नियन्त्रण नभएसम्म कृषिको विकास नहुने बताइन् । एक पटक डुवानमा परेको जमिन पुनः उत्पादनमुलक स्थितीमा आउन करिव आठ वर्ष लाग्ने भएकाले सर्वप्रथम नदी नियन्त्रण गरी वाढी मुक्त समाज निर्माण गर्नुपर्ने बताइन् ।










प्रतिक्रिया दिनुहोस्