राजनीति

नेपाली कांग्रेस विधान संशोधन मस्यौदा निर्माणको काम सुरु



भदौ ८, काठमाडाैं ।  नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिले  विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको छ ।

केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकले विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको हो ।

बैठकमा  देशभरका सबै नेता, कार्यकर्ताको सुझाव लिएर विधान तयार पार्ने गरी औपचारिक छलफल गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए  । बैठकले समितिको सदस्य सचिवको जिम्मेवारी पार्टी केन्द्रिय कार्यालय सचिव केशव रिजाललाई दिएको छ ।

प्रवक्ता शर्माले समितिले ढिला नगरी विधान संशोधन मस्यौदा निर्माणको काम सम्पन्न गर्ने पनि स्पष्ट पारेका छन्  ।