भदौ ८, सल्यान । छिन्चु-जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड खोलाको बाढीले माइक्रो बस बगाएको छ भने गाडीमा रहेका यात्रुले हामफालेर ज्यान वचाएका छन् ।
बिहीबार साँझ जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको बा ४ ख ३७५९ न को हायस गाडी बनगाड खोला तर्दै गर्दा एक्कासि बाढी आएको थियो । बाढीले गाडी बगाउन थालपछि यात्रुहरूले हाम फालेर थिए। बाढीका कारण बगेर गाडी ढुंगामा अडिए पछि बाँकी यात्रुहरूलाई डोजरको सहायताले उद्धार गरिएको चालकले बताए ।
उक्त खोलामा निर्माणाधीन पक्की पुल यसअघि नै खोलाले बगाइसकेको छ । समयमै पुल निर्माणको काम नसकिँदा बाढीले बगाएको स्थानीय बताउँछन् । लामा कन्सट्रक्स कम्पनीले पुल निर्माणको जिम्मा पाएको छ ।
उक्त सडकखण्डमा पर्ने बनगाड खोला तरेर सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा, रुकुम लगायतका जिल्लामा दैनिक हजारौं व्यक्तिहरु आवतजावत गर्दछन् ।










प्रतिक्रिया दिनुहोस्