समाचार

दाङबाट काठमाडौं आउँदै गरेको बस दासढुंगामा दुर्घटना : २८ जना घाइते



भदौ ९, चितवन । दाङवाट काठमाडौं आउँदै गरेको वस चितवनको दासढुंगामा ट्रकसँग जुध्दा २८ जना घाइते भएका छन् ।

शनिबार बिहान दाङबाट काठमाडौं आउँदै गरेको ना ७ ख ७३३५ नम्बरको बस र मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रक ठोक्किएका थिए ।

घाइतेमध्ये २४ जनाको पुरानो मेडिकल कलेजमा र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालकलाई जुगेडी प्रहरीले नियन्त्रणमा लिएको छ ।