समाचार

स्थिति सामान्य बनाउन कञ्चनपुरमा सर्वदलीय बैठक आह्वान



भदौ ९, कञ्चनपुर ।  निर्मला हत्या प्रकरण महेन्द्रनगरमा आन्दोलनले स्थिति उग्र बनेपछि स्थानीय प्रशासनको पहलमा बिहान सर्वदलीय बैठक आह्वान गरिएको छ ।

बिहीबारदेखि आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा शुक्रबार एकको मृत्यु र दर्जनाैँ प्रर्दशनकारी तथा प्रहरी घाइते भएपछि स्थिति संयमित बनाउन जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक आयोजना गरिएको हो ।

 बैठकमा राजनीति दल, नागरिक समाज, विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि सहभागी छन् । प्रशासनले शुक्रबार राति ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा कफ्र्यू लगाइएको छ ।