१० उनको ११ बजे निर्मला साईकल चढेर रोशनीको घरतर्फ लाग्छिन् । निर्मलाको घरभन्दा करिब २ किमि टाढा छ रोशनीको घर ।
उनी साँझसमम पनि घर फर्किइनन् । आजको नयाँ पत्रिकामा यो खबर छ ।
छोरी खोज्दै आमाा रोशनीको घर पुगिन् । उनले गेटबाटै रोशनीलाई बोलाईन् । तर, दिदी बाहिर आइन् । निर्मलाबारे सोध्दा तिम्री छोरी त २ बजे नै यहाँबाट हिँडेकी हुन् । अम्बा पनि लगेकी छिन् । अहिलेसम्म घर नपुगेकी भए पोईला गई होला, भन्ने जवाफ दिइन ।
निर्मलाकी आमा रिसाउँदै भित्र पस्न खोजिन्, तर बबिताले रोकिन् ।निर्मलाकी आमा घर फर्किइन् । साँझ ८ बजेसम्म पनि छोरीको पत्तो नलागेपछि उनी वडा प्रहरी कार्यालयमा उजुरी दिन पुगिन् । तर, प्रहरीले खाना खाईसकेर सुत्ने बेला भएको भन्दै उजुरी लिन इन्कार गर्यो ।
फोटो लिएर भोलिपल्ट आउन भन्दै निर्मलाकी आमालाई फर्काइदियो । भोलिपल्टसम्म पनि पत्तो नलागेपछि निर्मलाकी आमाले छिमेकीसँग हारगुहार गरिन् ।
स्वःस्फुर्त जम्मा भएका स्थानीय रोशनीको घरमाा जम्मा भए । त्यहिबीचमा दोडिँदै आएका एक स्थानीयले निर्मलाको साईकल भेटियो भन्ने जानकारी दिनासाथ बबिताले तत्कालै भनिन्, साईल भेटियो भने लास पनि त्यतै होला नि ।










प्रतिक्रिया दिनुहोस्