भदौ १०, एजेन्सी । इजिप्टको पाँच तारे होटलमा एक जोडीको केही घण्टाको अन्तरालमा नै मृत्यु भएको छ ।
श्रीमान जोन र श्रीमती सुसन कुपरको मृत्युपछि थोमस कुक होलिडे ट्राभल कम्पनीले रेड सी रिसोर्टमा रहेका तीन सय एक आगन्तुकलाई उक्त होटल तत्काल छाड्न आग्रह गरेको छ ।
जोन र सुसनको मृत्युको कारणबारे अनुसन्धान चलिरहेका बेला ओर्मेरोडे स्थानीय अधिकारीलाई होटलको बिग्रिएको एयर कन्डिशनरका कारण आमाबुवाको मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गरेकी छिन् ।
अहमद अब्दुल्लाह, रेड सी प्रान्तका गर्भनरले ६९ वर्षे जोन र उनकी ६४ वर्षकी श्रीमतीको प्राकृतिक मृत्यु भएको बताएका छन् ।
केली उनीहरुको छोरी हुन् उनले भनिन ‘होटलको रुममा केही न केही भएको हुनुपर्छ जसका कारण आमाबुवाको मृत्यु भयोु उनले भनिन
‘म करिब ११ बजेतिर उहाँहरुको रुममा गएँ । आफूहरु निकै बिरामी भएकाले सहयोग चाहिएको बताउनुभयो । मैले उहाँहरुलाई आफ्नै अगाडि मृत्युवरण गरेको देखें । मृत्यु हुँदा दुबैको स्थिती, लक्षण एउटै थियो ।’
‘मलाई विश्वास छ केही न केही गडबडी छ । कोठामा केही न केही भएकै हुनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्