भदौ ११, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको विकासका लागि बिना धितो ऋण लगानी गर्ने बताएका छन् ।
काठमाडौंको किङ्स कलेजले आयोजना गरेको तेस्रो राष्ट्रिय युवा उद्यमी छनौट कार्यक्रममा बोल्दै मन्त्री विष्टले उद्यम गर्न चाहने युवालाई सरकारले बिनाधितो पाँच देखि १० लाख रुपैयाँसम्म ऋण दिने बताएका छन् । मन्त्री विष्टले भने ‘लाखौं युवामा श्रम र उद्यमशीलताबाट टाढिने मानसिकताका कारण बेरोजगारीको समस्या बढेको बताउँदै सानो पूँजीको अभावमा कोही पनि युवा उद्यमशील बन्नबाट बञ्चित हुनु पर्दैन ।’
स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने सरकारको पहिलो प्राथमिकता भएको र त्यसका लागि विभिन्न कार्यक्रम ल्याउने मन्त्री विष्टले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्