रोचक

गन्हाउने फूल हेर्न मान्छेको भीड



भदौ ११, एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित हंटिङ्गटन पुस्तकालयमा ‘लास फूल’ नामक फूल फुलेको छ ।

लास फूल फुलेपछि पुस्तकालय हातामा फूल हेर्न आउने दर्शकको घुइँचो बढेको छ । यो फूल बिहिबार राति अकस्मात् फुलेको पुस्तकालयकी प्रवक्ताले बताएकी छिन् ।

रोपेको १५ वर्षमा मात्र यो फूलको विरुवा वयस्क भएर फुल्दछ । यसको फूल केवल २४ घण्टामात्र फक्रिन्छ र त्यसपछि ओइलाउन थाल्दछ । यो फूलबाट मासु कुहेको जस्तो नमिठो गन्ध आउँदछ, त्यसैले यसलाई लास फूल भनिन्छ ।

वैज्ञानिकहरुका अनुसार परागसेचनका लागि किराहरुलाई आकर्षित गर्नका लागि फूलबाट यस्तो गन्ध आउने गरेको हो ।