भदौ ११ , दार्चुल । नेपाल-चीनबीच द्विपपक्षीय सीमा बैठक ६ बुँदे सहमति गर्दै सकिएको छ ।
भदौ ९ र १० गते तिब्बतमा भएको बैठकमा दुई देशबीचको सीमा सुरक्षा निकायबीच पारस्परिक सूचना आदान प्रदान गर्ने, सीमा क्षेत्रमा हुने अपराधसम्बन्धी सूचना आदान प्रदान गर्ने, संगठित अपराध नियन्त्रण, बहुराष्ट्रिय अपराध, लागुऔषध, मानव बेचविखन जस्ता आपराधिक गतिविधिहरु नियन्त्रण गर्ने जस्ता सहमति भएका छन् ।
नेपाल-चीनबीच सीमा समन्वय बैठक नियमित गर्ने, दार्चुलाबाट ताक्लाकोटसम्म पास लिएका नेपाली नागरिकलाई हुम्लाको हिल्सा नाकाबाट आवतजावत गर्न दिनेबारेमा पनि चिनियाँ पक्षसँग सहमति भएको छ ।
दुई दिने नेपाल-चीन बैठकमा दार्चुलाबाट सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज अधिकारी, सशस्त्र प्रहरी बलका डिएसपी भीमबहादुर चन्द, तिंकर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक धनबहादुर कठायत सहभागी भएका छन् ।










प्रतिक्रिया दिनुहोस्