भदौ १२, काठमाडौं) । राष्ट्रिय जनता पार्टी (राजपा)ले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई जनतालाई प्रत्यक्ष समस्या हुने कुनै पनि प्रकारका कर निर्धारण नगर्न निर्देशन दिएको छ ।
सोमबारदेखि पार्टीको केन्द्रीय कार्यालय काठमाडौंमा प्रदेश २ मा राजपाको तर्फबाट निर्वाचित भएका स्थानीय तहका सबै प्रमुख र उप प्रमुखलाई बोलाइएको बैठकमा राजपाका अध्यक्ष मण्डलीका संयोजक महन्थ ठाकुरसहित शीर्ष नेताहरुले जनतालाई समस्या हुने गरी कुनै किसिमको कर निर्धारण नगर्न निर्देशन दिएको छ ।
स्थानीय तहका प्रमुख र उप प्रमुखहरुले अहिलेसम्म कुनै किसिमको कर वृद्वि नगरेको प्रष्टीकरण दिएका थिए ।
राजपा जनप्रतिनिधिहरुको बैठकमा सर्लाहीको कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवले हालसम्म कुनै किसिमको कर नबढाएको जानकारी गराउँदै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले जसरी पनि कर बर्षको ३ करोड रुपैयाँ कर संकलनलाई तीब्र बनाउन निर्देशन दिएको जानकारी गराए ।










प्रतिक्रिया दिनुहोस्