भदौ १२, सप्तरी । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ मा पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
सर्लाहीको बहुर्वा गाउँपालिका २ डुमरीया घर भई सप्तरीको रुपनी गाउँपालिका वडा न. १ का बिन्देश्वर यादवको घरमा पाहुना आएका इन्दल यादवका ६ वर्षीय छोरा विक्रम यादवको घर नजिक रहेको पोखरीमा चिप्लेर डुबेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उपचारका लागि नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्